Shree Gahawa Mai Mandir

Maisthan -11, Birgunj,
Shree Gahawa Mai Mandir Shree Gahawa Mai Mandir is one of the popular Religious Organization located in Maisthan -11 ,Birgunj listed under Church/religious organization in Birgunj , Religious Organization in Birgunj ,

Contact Details & Working Hours

More about Shree Gahawa Mai Mandir

परिचयः

वीरगंज नगरवासीहरुको श्रद्धा र भक्तिको केन्द्र माईस्थान मन्दिर नगरको ठीक केन्द्र मै अवस्थित छ । यसको मौलिक नाम श्री गहवा माई हो । यहि कारणले यस मन्दिर वरिपरिको क्षेत्रलाई गहवा भन्ने गरिन्छ । स्थानीयवासी माईस्थानलाई गहवामाई पनि भन्दछन । माईस्थान आम भाषाका दर्ुइ शब्दहरु माई र स्थानबाट बनेको हो । जसको अर्थ माता वा देवी र स्थान वा ठाउँ भन्ने हुन्छ । माईस्थान भन्नाले नेपाली जनभाषामा देवीस्थान हुन्छ । यस प्रकार माईस्थान त्यो ठाउँ हो जहाँ देवी माँ निवास गर्नुहुन्छ ।

यो मन्दिर परिसरभित्र अनेकौँ देवी देवताहरुको मर्ुर्तिहरु पनि छन् तर शक्ति एवंं थलकी माता देवी दर्ुगाको पुजा आराधनाको लागि माईस्थान लोकप्रिय छ । यद्यपी समय समयमा माईस्थान परिसरका पुननिर्माण र मर्ुर्तिको श्रृङ्गारमा गरिने परिवर्तनले गहवा मन्दिरको रौनकमा वृद्धि हुने गर्छ । श्री गहवामाई मन्दिर परिसरको क्षेत्रफल वर्तमान समयमा ७६४६.०५ वर्ग फीट छ । मन्दिरका चार वटा ढाकोहरु छन् । मन्दिरको मुख्य द्धार पश्चिम दिशामा छ । अन्य द्धारहरु मात्र विशिष्ट अवसरमा खोदिन्छ । सामान्यतया मन्दिर खुल्ने समय ग्रीष्मऋतुमा विहान ४ बजे देखि १२ बजे सम्म तथा साँझ ४ बजे देखि बेलुकी ८ः३० बजेसम्म रहेका् छ ।

Map of Shree Gahawa Mai Mandir