Radio Namaste 96.5 mhz. Tikapur

Tikapur, 977
Radio Namaste 96.5 mhz. Tikapur Radio Namaste 96.5 mhz. Tikapur is one of the popular Radio Station located in ,Tikapur listed under Media/news/publishing in Tikapur ,

Contact Details & Working Hours

More about Radio Namaste 96.5 mhz. Tikapur

कैलाली जिल्लाको सुदूरपूर्वी सुन्दर नगर टीकापुरमा स्थापना भई अत्याधुनिक प्रविधि र ५०० वाट क्षमताको डिजिटल ट्रान्समिटर र ४५ मिटर अग्लो टावरबाट आफ्नो प्रसारण शुभारम्भ स“गस“गै सूचना, सङ्गीत र स्वस्थ मनोरञ्जनको संगम ‘सुदूरको नेपाली आवाज रेडियो नमस्ते ९६.५ मेघाहर्ज’ पूर्णरूपमा स्थानीयता स्थापित गर्न समर्पित रेडियो स्टेशन हो । नया“ नेपालको परिकल्पनाका रूपमा रहेको रेडियो नमस्तेलाई राष्ट्रिय तथा स्थानीय कला, साहित्य, संस्कृति, राजनैतिक, शैक्षिक, खेलकुद, सामाजिक, आर्थिक, पर्यटन एवं स्वास्थ्यका क्षेत्रमा चेतना र विकासका लागि सशक्त ढङ्गले ¬अघि बढाउने हाम्रो मुख्य उद्देश्य हो । सञ्चार माध्यमहरू शहरमुखी र केन्द्रमुखी भई अगाडि बढिरहेको अवस्थामा हामीले ग्रामीण एवं शहरोन्मुख भेग र पिछडिएका समुदायहरूमा चेतनाको लहर ल्याई स्थानीय श्रोत र साधनको पूर्णरूपमा प्रयोग गरी समाजलाई आत्मनिर्भर बनाउन प्रयत्नशील रहने प्रतिबद्धताका साथ रेडियो नमस्ते ९६.५ मेघाहर्ज वि.सं. २०६९ साउन १ गतेबाट परीक्षण र भदौ १ गतेबाट नियमित सञ्चालनमा ल्याइएको छ । रेडियो नमस्तेले नमस्ते न्यूज, नेपालवाणी, न्यूज रफ्तार, थारू भाषा र अछामी भाषा, बीबीसी नेपाली सेवा गरी दैनिक १४ वटा न्यूज बुलेटिन प्रसारण गर्दै आइरहेको छ । प्रसारणको छोटो अवधिमा रेडियो नमस्तेले स्थानीय विषयमा सशक्त रूपमा समाचार सम्प्रेषण तथा सहभागितात्मक कार्यक्रमहरू सञ्चालन गरेर थुप्रै श्रोताहरूको मन जित्न सफल भएको छ । हरेक विहानको मिर्मिरेस“गै सुदूर र मध्यपश्चिमका बासिन्दाहरूलाई जगाउ“दै विहान ५ बजेबाट रात्री ११ बजेसम्म १८ घण्टा प्रशारण भइरहेको छ ।

Map of Radio Namaste 96.5 mhz. Tikapur