Kanyam" The Real Paradise Of Eastern Nepal.

Ilam, 00977
Kanyam" The Real Paradise Of Eastern Nepal. Kanyam" The Real Paradise Of Eastern Nepal. is one of the popular Geographical Place located in ,Ilam listed under Public places in Ilam , Public Places & Attractions in Ilam ,

Contact Details & Working Hours

More about Kanyam" The Real Paradise Of Eastern Nepal.


भुइँ कुहिरोले छपक्कै छोपेका बेला होस्
वा मौसम खुलेको बेला, पूर्वको पर्यटकीयस्थल कन्याम
पुग्नेहरू प्रकृतिको मनोहर वातावरणसँगै हराउ छन् । र
नागबेली मेचीमार्गबीच हराभरा चियाबारीले भरिएको कन्याम
पूर्वकै प्रख्यात गन्तव्य हो । तराईबाट गर्मी छल्न
पुग्नेदेखि वनभोजमा रमाउने र
पहाडी जीवनशैली तथा प्राकृतिक सौन्दर्यमा रमाउन
कन्याम पुग्नेहरूको लर्कोनै लाग्छ ।
'लोपोन्मुख लेप्चा जाति र हरिया डाँडाकाँडा खिचेर
पर्यटन प्रवर्द्धन गर्ने सोचले कन्याम रोजाइ भएको हो,'
। पूर्वी तराईका जिल्लासँगै नेपालका विभिन्न भूभाग
अनि भारत र पश्चिमा मुलुकबाट
पनि कन्यामको रमाइलोमा रमाउनेहरू आइपुग्छन् । २०२८
सालमा चिया खेती सुरु भएपछि कन्यामका डाँडाकाँडाले
पर्यटक लोभ्याउन थालेको हो । यो क्षेत्र आसपास
अल्पसंख्यक लेप्चा जातिको ऐतिहासिक स्थल, विभिन्न
जातिको परम्परागत रहनसहन, कृषिबाट
सुधारिएको जीवनशैली पर्यटकका लागि नयाँ लाग्छन् ।
सूर्योदय र सूर्यास्त दृश्यावलोकन पनि कन्यामबाट गर्न
सकिन्छ । झापा नजिक भएको र
यातायातको सहजताका कारण पनि कन्याममा दैनिक
आन्तरिक र बाह्य पर्यटक भेटिन्छन् । यहाँको रमणीय
दृश्यमा चलचित्र र गीतको सुटिङ गर्न पनि निर्माता-
निर्देशक लोभिने गरेका छन् ।
वनभोजको सिजनमा दैनिक पाँच हजारसम्म पर्यटक आउने
गरेको स्थानीय बताउँछन् । कन्यामलाई पूर्वकै प्रमुख
गन्तव्य बनाउन स्थानीय बासिन्दा सक्रिय छन् ।
'पूर्वाधार विकाससँगै प्रचारप्रसार र स्थानीयलाई
पर्यटनमैत्री बनाउन पटकपटक महोत्सव सञ्चालन
गर्नुका साथै विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेका छौं,'
। झापाको चारआलीदेखि ३३ किलोमिटर
उत्तरमा रहेको कन्याम पुग्ने पर्यटक नजिकैको फिक्कल,
पशुपतिनगर, करफोकलगायत स्थानसम्म पनि पुग्ने
गरेका छन् ।
कन्याम र आसपास क्षेत्रमा घुम्न
जानेहरूको चहलपहलका बेला फिक्कल र पशुपतिनगर
बजारका होटल-लज भरिभराउ हुने गरेका छन् ।

Map of Kanyam" The Real Paradise Of Eastern Nepal.