Hilsa

Nepal, Simikot, 21000
Hilsa Hilsa is one of the popular Tour Agency located in Nepal ,Simikot listed under Tour Agency in Simikot ,

Contact Details & Working Hours

More about Hilsa

धनगढीबाट उत्तर सोझिएको सडक पक्की–कच्ची गरेर डडेलधुरानजिक हुँदै दिपायल, साँफेबगर, मार्तडीसम्म पुगेको छ । अब मार्तडीबाट कोल्टी, दमोलिगोठ र गोम्बा हुँदै सिमीकोटसम्म सडक निर्माण गर्नुपर्ने हुन्छ । सिमीकोटबाट चीनको सीमानाका हिल्सा जोड्न सडक रेखांकन गरिएको छ । हिल्साबाट तिब्बतकोे बजार शेरा १९ किमी टाढा छ । शेराबाट तिन्चु र कोक्र्याग हुँदै तिब्बतको पुरानो सहर ताक्लाकोट पुगिन्छ । ताक्लाकोटबाट मानसरोबर र राक्षस तालको बीच भएर ल्हासा राजमार्गको बागाग भेटिन्छ । चीनले हिल्सा सीमानाकासम्म नै पक्की सडक निर्माण गरिसकेको छ । हिल्साबाट सिमीकोटतर्फ पर्ने ९० किमी सडकमध्ये ४५ किमी निर्माण भई अरु काम अगाडि बढिरहेको छ । हिल्सा–धनगढी सडक मार्गको लम्बाइ लगभग ४ सय ७३ किमी हुनेछ । यस मार्गको सबैभन्दा अग्लो भाग हिल्सा ५ हजार ९२ मिटर अग्लो रहेको छ । यतिका उचाइबाट गुज्रने सडक भए तापनि हिउँद्मा समेत आवागमन गर्न खासै कठिनाइ पर्ने देखिँदैन । यो मार्ग निर्माण सम्पन्न भएपछि यसले चीनको ताक्लाकोटलाई भारतको गौरिफन्टा बजार जोड्ने छ ।
Source:(18 Nov 2015
बुधबार २ मंसिर, २०७२
बुद्धिनारायण श्रेष्ठ)
http://nagariknews.com/opinion/story/48797.html

Map of Hilsa