Gauradaha Municipality गौरादह नगरपालिका

Gauradaha Municipality, Jhapa, 00977
Gauradaha Municipality गौरादह नगरपालिका Gauradaha Municipality गौरादह नगरपालिका is one of the popular Government Organization located in Gauradaha Municipality ,Jhapa listed under Community/government in Jhapa , Government Organization in Jhapa ,

Contact Details & Working Hours

More about Gauradaha Municipality गौरादह नगरपालिका

गौरादह नगरपालिकामा (जनसङ्ख्या १७ हजार नौ सय ६६ र आन्तरिक आय २४ लाख ७१ हजार ६ सय ३५ रुपयाँ), माहारानीझोडा (जनसङ्ख्या १४ हजार नौ सय ७७ र आन्तरिक आय १० लाख १० हजार ८ सय ९२ रुपयाँ), जुरोपानी (जनसङ्ख्या १४ हजार नौ सय ९९ र आन्तरिक आय १० लाख १३ हजार १ सय ६८ रुपयाँ), कोहबरा (जनसङ्ख्या १३ हजार पाँच सय ७५ र आन्तरिक आय १७ लाख ७५ हजार ५ सय १९ रुपयाँ) सहित चार गाविस मिलाएर गौरादह नगरपालिकाका लागि प्रस्ताब गरिएको थियो ।
गौरादहमा १, २, ३ र ४, माहारानीझोडामा ५, ६ र ७, कोहबरामा ८, ९ र १०, जुरोपानीमा ११, १२ र १३ नं. वडा रहने गरि गौरादह नगरपालिका बनेको छ ।
नव घोषित गौरादह नगरपालिकाको १ नं. (१ र २) को केन्द्र सीतापुरी, २ नं.(३ र ९) को गौरादह, ३ नं. (६, ७ र ८) को हिमाल चोक, ४ नं. (४ र ५) को धोबिनिया, ५ नं. (१, ८ र ९) को मिलन चोक, ६ नं.(२, ३ र ४) को स्कुलचौन बजार, ७ नं. (५, ६ र ७) चिउरा मिल, ८ नं. (१ र २) को चप्रामारी, ९ नं.(३, ४ र ५) को कोहबरा गाविस, १० नं. (६, ७, ८ र ९) को दामुना बजार, ११ नं. (७ र ८) को तामाङ चोक, १२ नं. (४, ५ र ६) को ग्वाल्डुवा बजार र १३ नंं. (१, २, ३ र ९) को जुरोपानी चोक केन्द्र रहने गरी गौरादह नगरपालिका घोषण भएको छ ।
गौरादह नगरपालिकाको एक सय २३ दशमलव २३ वर्ग कि.मी. क्षेत्रफल, जनघनत्व पाँच सय ५४ दशमलव २२ प्रति वर्ग कि.मि. र ६१ हजार पाँच सय १७ जनसंख्या रहेको छ । गौरादह नगरपालिका झापा जिल्लाको आठौँ नगरपालिका बनेको छ । अब झापामा ३३ गाविस र ८ नगरपालिका भएका छन् ।

Map of Gauradaha Municipality गौरादह नगरपालिका