Galkot

Galkot, -NA-, 33308
Galkot Galkot is one of the popular Recreation Center located in Galkot ,-NA- listed under Local business in -NA- , Lodge in -NA- , Recreation Center in -NA- , Tour Agency in -NA- ,

Contact Details & Working Hours

More about Galkot

नेपालभित्रको नेपाल भनेर चिनिने जिल्लाको नाम बागलुङ हो भने यसको मुटु गल्कोट हो |

बागलुङ लाई चिनाउने आधारभूत पहिचान भनेकै झोलुङ्गे पुल, बुट्टे नली, दारको ठेकी , डाली सोली , स्लेट खानी, असला माछा आदि हुन् | यी सबै प्राकृतिक सम्पदा पाइने ठाउँ भनेकै गल्कोट हो |
गल्कोटलाई जल, जडिबुटी, जनघनत्व, जंगल र उर्बर जमिन भएको भूखण्ड भनेर चिन्दा पनि फरक पर्दैन | यतिमात्र नभई गल्कोट लाई सबैभन्दा स्वादिलो माछा पाइने ठाउँ , स्लेटको खानि भएको ठाउँ , निगालो र दारका ठेकी , चौठी, आरी , पाथी, धुपौरो , भुट्नेरो आदि बस्तु पाइने छेत्रका रुपमा पनि चिनिन्छ | यसका अतिरिक्त गल्कोटका धान , मकै, गहु, जौ , उवा , फापर, लट्टे, जुनेली, काउलो, सिलाम , भान्गो , भट्टमास आदि खाध बालिका साथै प्राकृतिक सौन्दर्यले भरिपुर्ण क्षेत्रको नाम हो गल्कोट |

गल्कोट र घुम्टे एक अर्काका पर्याबाची नाम हुन् | प्राचिन समयको गल्कोट भन्नाले पूर्वमा बिहुँको काठेखोला, पश्चिममा पाण्डवखानीको कभ्रेखोला , उत्तरमा म्याग्दीको रुमको देउराली र दक्षिणमा गुल्मी मुसीकोटको निबुवा खोलासम्मको भूभागलाई जनाउथ्यो भने वर्तमान अवस्थामा क्षेत्र नं.१ का दुदिलाभाटी, नरेठाटी. भुस्कात , अर्गल, तारा, हिल र हरिचौर, क्षेत्र नं. २ का हटिया, मल्म, काँडेबास, सुखौरा, सल्यान, र क्षेत्र नं. ३ का रिघा, पाण्डवखानी, सिसाखानी एवं दगातुंडांडा गरी १६ वटा गा.वि.स. लाई गल्कोट क्षेत्र भनेर चिनिन्छ |


-डा.दिनबहादुर थापा
(सह प्राध्यापक त्रि. वि.)
घुम्टे (२०७०) बाट साभार

नेपालको जन गणना २०६८ अनुसार गलकोटको कुल ५६,४४३ जनसंख्या रहेकोमा , १२,६०३ घरधुरी, २४,५२४ पुरुष र ३१,९१९ महिला छन् |

Map of Galkot