Kalinchowk Fm

charikot, Charikot, 45500
Kalinchowk Fm Kalinchowk Fm is one of the popular Broadcasting & Media Production Company located in charikot ,Charikot listed under Radio station in Charikot , Arts & entertainment in Charikot , Broadcasting & Media Production Company in Charikot , Advertising/Marketing in Charikot ,

Contact Details & Working Hours

More about Kalinchowk Fm

शिरमा गौरिशंकर हिमाल, काखमा तामाकोशी नदी र भिमेश्वर मन्दिर तथा कालिञ्चोक मन्दिरका साथमा असंख्य प्राकृतिक सम्पदा विभिन्न दलित, आदिवासि जनजातिहरु जस्तै विश्वकर्मा, नेपाली, चर्मकार, थामि, जिरेल, तामाङ, शेर्पा र गुरुङहरुको बासस्थान भएको दोलखा जिल्ला राजधानि काठमाडौ बाट १३३ कि.मि. उत्तर पूर्वमा पर्दछ । एक नगरपालिका र ५१ गाविस रहेको यो जिल्लाको भौगोलिक दृष्टिबाट स्वच्छ हावापानि पाइने प्राय गर्मी नहुने भएकाले र चिसो हावापानिले गर्दा पर्यटकीय स्थलको प्रवर्धनको गर्नु पनि आवश्यक छ । त्यसकारण पनि दोलखा जिल्लामा एफएमको स्थापना र संञ्चालनलाई आवश्यक मानियो । २०६४ साल कात्तिक २१ गतेबाट प्रसारण सुरु भएको कालिञ्चोक एफएम २०७० कात्तिक २१ गतेबाट छैठौ बर्ष पुरा गरी सातौ बर्षमा पाइला टेक्न सफल भएको छ ।


कालिञ्चोक एफ. एम.को उद्देश्य ः
१. दोलखा जिल्लाको स्थानिय निकाय तथा सरकारी कार्यलयहरुले सम्पादन गर्ने विकास निमार्णका काम तथा त्यसले समाजमा पारेका प्रभाव र असलसासनका लागि पैरवि गर्ने ।
२. खुल्ला राजनिति र सहभागिता मुलक विकास लागि जनमत तयार पार्ने ।
३. नेपाली परम्परा, संस्कृति, कला तथा धार्मिक संरक्षणका लागी महत्वपूर्ण योगदान पु¥याउने ।
४. प्राकृतिक सम्पदा, मठमन्दिर तथा अन्य परम्परागत रितिरिवाज तथा पर्वहरुको प्रचारप्रसार गरि पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने ।
५. समाजमा महिला,बालवालिका तथा अल्पमतमा परेका अशिक्षित असहाय तथा विपन्न वर्गको पहिचान तथा तिनिहरुको उत्थानका लागि सहयोग गर्ने ।
६. आधुनिक प्रविधिका प्रयोग तथा आधुनिक कृषि प्रणालको बारेमा जानकारी गराई कृषी पेसालाई आधुनिक बनाउने ।
७. नयाँ उत्पादन प्रविधि तथा त्यसको बजारका लागि जनकारी गराउने ।
८. अन्य खोजमुलक तथा मनोरञ्जनात्मक कार्यक्रम संचालन गरी सहयोग पु¥याउने ।

Map of Kalinchowk Fm